गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

    गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। 

    आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले थाहाखबरलाई बताए। उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। 

    प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै  छ। प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केही समय लाग्ने उनको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij