अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसलाई बाराक ओबामाको समर्थन

अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसलाई बाराक ओबामाको समर्थन

शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसलाई बाराक ओबामाको समर्थन

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गरेका छन् ।

    राष्ट्रपति जो बाइडेनले आइतवार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनलगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए । तर ओबामा मौन रहेका थिए । ओबामाले समर्थन नगर्दा ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने अनुमानका बीच उनले पनि समर्थन गरेको बीबीसीले जनाएको छ ।

    बाराक ओबामा र उनकी श्रीमती मिसेलले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आउँदो राष्ट्रपति निर्वाचित गराउन आफूहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका गरेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij