मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

    त्रिवेणी। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका-६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

    सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij