दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

    ढोरपाटन (बागलुङ) । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । 

    वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij