सिङ्गापुरमा १९.१ प्रतिशत पुग्यो ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या

सिङ्गापुरमा १९.१ प्रतिशत पुग्यो ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • सिङ्गापुरमा १९.१ प्रतिशत पुग्यो ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या

    काठमाडौं । सिङ्गापुरमा वृद्ध जनसङ्ख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिङ्गापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिङ्गापुरमा वृद्ध वासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक सय ६० जना रहेकोमा अघिल्लो वर्ष २०२३ मा ७८ हजार एक सय ३५ जना पुगेको छ ।

    यस्तै ६५ वर्षभन्दा माथिका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा चार लाख १३ हजार एक सय १७ जनाबाट बढेर गएको वर्ष सात लाख आठ हजार छ सय ५६ पुगेको छ । ८० प्रतिशतभन्दा धेरै वृद्धवृद्धाहरू आफ्नो परिवारसँग बस्ने गरेकोमा अहिले यो सङ्ख्या निकै घटेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    गएको जुन महिनामा सिङ्गापुरमा ६५ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या १९ दशमलव १ प्रतिशत पुगेको छ । यस्तै ४० वर्ष उमेर पुगेर पनि बच्चा नजन्माउने महिलाको सङ्ख्या सन् २०१३ मा १० प्रतिशत रहेकोमा गएको वर्ष २०२३ मा बढेर १३ दशमलव ९ प्रतिशत पुगेको छ ।

    यस्तै सिङ्गापुरमा पहिलो बच्चा जन्माउने उमेर पनि बढ्दै गएको छ । सन् २०१३ मा पहिलो बच्चा जन्माउने दम्पतीमध्ये पुरुषको उमेर ३२ वर्ष ७ महिना र महिलाको उमेर ३० वर्ष ३ महिना थियो । अहिले पहिलो बच्चा जन्माउँदा पुरुषको उमेर ३३ वर्ष ३ महिना र महिलाको उमेर ३१ वर्ष ६ वर्ष पुगेको छ ।

    वृद्धवृद्धाको जनसङ्ख्या बढ्दै गएको र नयाँ सन्तान जन्माउन दम्पतीले ढिलाइ गरेको समस्या समाधानका लागि सरकारले बच्चा हुर्काउने परिवारलाई सहयोग गर्ने उपायहरू जारी गरेको छ । सिङ्गापुर सरकारले पिताहरूलाई सरकारी भुक्तानी गर्नेगरी पितृत्व बिदा प्रदान गर्ने, दिनभर शिशु हेरचाह गर्ने ठाउँहरू निर्माण गर्ने, शिशुहरूको पढाइमा अनुदान दिने घोषणा गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij