सिमलताल पहिरो : हालसम्म १३ जनाको शव फेला

सिमलताल पहिरो : हालसम्म १३ जनाको शव फेला

सोमवार, आषाढ ३१ २०८१
सोमवार, आषाढ ३१ २०८१
  • सिमलताल पहिरो : हालसम्म १३ जनाको शव फेला

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ । तर हराइरहेका बस अझै फेला परेको छैन ।

    भेटिएका शवमध्ये ८ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ ।

    हराइरहेका अन्य यात्रु तथा दुबै बसको खोजी कार्य सोमबार पनि जारी रहेको छ ।

    काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेका दुई बस शुक्रबार बिहान पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो ।

    वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए ।

    त्यस्तै काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्स बसमा चलानमा भए बमोपजम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए । दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अध्यावधिक विवरण रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    सडकबाट नदीमा खस्दै गर्दा काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij