साउन १ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

साउन १ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • साउन १ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौं । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

    कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    साउन १ गते बिदा दिने निर्णय गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij