फोहोरको थुप्रोमा भेटियो ८ महिलाको शव

फोहोरको थुप्रोमा भेटियो ८ महिलाको शव

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • फोहोरको थुप्रोमा भेटियो ८ महिलाको शव

    नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट ८ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

    कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, 'तिनीहरूलाई टुक्रा-टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको पाइएको छ ।​'​

    कान्जाका अनुसार पहिलो ६ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो ।

    'म सबै नागरिकलाई  आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं,' उनले भने ।​

    कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानूनी कठघरामा ल्याइने बताएका छन् । 

    गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए । 

    कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij