कोशीमा सरकार पुनर्गठनको तयारी, माओवादीलाई हटाएर कांग्रेसलाई सामेल गराइने

कोशीमा सरकार पुनर्गठनको तयारी, माओवादीलाई हटाएर कांग्रेसलाई सामेल गराइने

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • कोशीमा सरकार पुनर्गठनको तयारी, माओवादीलाई हटाएर कांग्रेसलाई सामेल गराइने

    काठमाडौं । कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । 

    केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमा समेत परेको छ ।

    हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

    मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij