चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर ट्रम्प घाइते भएका छन् । 

    सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए । उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो ।

    अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली प्रहार भएको हो । गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ । अर्का एक दर्शकको अवस्था गम्भीर छ ।

    अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन् । एक प्रवक्ताले भने, ‘ट्रम्प जघन्य कार्यपछि राम्रो छन् ।’

    कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ ।

    राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij