चितवनको पुँजीगत खर्च ७३ प्रतिशत

चितवनको पुँजीगत खर्च ७३ प्रतिशत

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • चितवनको पुँजीगत खर्च ७३ प्रतिशत

    चितवन । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३.८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये ४ अर्ब ४१ करोड ६९ लाख ५३ हजार ६ सय २४ खर्च भएको हो ।

    सङ्घबाट पुँजीगत खर्चका लागि ५ अर्ब ९८ करोड ३२ लाख ३५ हजार ७ सय ८० रुपैयाँ विनियोजन भएकामा ७३.८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१.६४ प्रतिशत खर्च भएको छ । 

    चालु खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार ३ सय १३ रुपैयाँ मध्ये ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० रुपैयाँ खर्च भएको शर्माले बताए । उनका अनुसार जिल्लामा सङ्घीय सरकारबाट प्राप्त १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ रुपैयाँ मध्ये १६ अर्ब २४ करोड ६ लाख १३ हजार ६ सय ५४ रुपैयाँ खर्च भएको छ । विनियोजित कुल बजेटको ८५.९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।
     
    प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३.६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्चतर्फको ७८.३६ प्रतिशत र पूँजीगततर्फ ७५.८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालुतर्फ १ अर्ब ६१ करोड ९४ लाख ३० हजार ४ सय ८७ रुपैयाँ विनियोजन गरेको थियो ।

    पुँजीगततर्फ ३ अर्ब ३६ करोड १९ लाख २८ हजार रुपैयाँ विनियोजन भएकामा २ अर्ब ४५ करोड ९२ लाख ३१ हजार ७ सय १० रुपैयाँ खर्च भएको शर्माले जानकारी दिए । जिल्लामा प्रदेशबाट ४ अर्ब ९८ करोड १३ लाख ५८ हजार ४ सय ८७ रुपैयाँ विनियोजित भएकामा  ३ अर्ब ८१ करोड ८१ लाख ६९ हजार ६ सय २५ रुपैयाँ खर्च भएको छ । जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक बर्षमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij