भारतमा डबल डेकर बस र ट्ंयाकर ठोक्किँदा १८ जनाको मृत्यु

भारतमा डबल डेकर बस र ट्ंयाकर ठोक्किँदा १८ जनाको मृत्यु

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • भारतमा डबल डेकर बस र ट्ंयाकर ठोक्किँदा १८ जनाको मृत्यु

    काठमाडौं ।  भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । बुधबार बिहान एउटा बस र ट्यांकर आपसमा ठोक्किएका हुन् ।

    भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सितामढीबाट दिल्ली जादै गरेको डबल डेकर बस र दुध बोकेको ट्यांकर ठोक्किदा बस भित्रका यात्रु उछिट्टिएर सडकमा बजारिएका छन् ।

    घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij