भारतको जम्मु कश्मीरमा आतंकवादी हमला, पाँच सैनिकको मृत्यु

भारतको जम्मु कश्मीरमा आतंकवादी हमला, पाँच सैनिकको मृत्यु

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • भारतको जम्मु कश्मीरमा आतंकवादी हमला, पाँच सैनिकको मृत्यु

    काठमाडौं । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्‍याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

    सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको छ। अत्याधुनिक हतियारले सुसज्जित आतंकवादीले सुरक्षा बलमाथि गोली चलाउन थालेपछि दोहोरो भिडन्त भएको थियो। कश्मीर टाइगर्स नामक आतंकवादी संगठनले सेनामाथि हमलाको जिम्मेवारी लिएको छ।

    यो संगठन प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश-ए-मोहम्मदको शाखा मानिन्छ। भारतीय सेनाले यस वर्षको अन्त्यसम्म जम्मू क्षेत्रबाट आतंकवादलाई समाप्त गर्ने योजना बनाएको छ।

    गृह मन्त्रालयमा हालै भएको बैठकपछि पुँछ, राजौरी, रियासी, कठुआमा सक्रिय ३० आतङ्ककारीको सूची बनाइएको छ। आतङ्ककारी र उनीहरूका सहयोगीहरूलाई निर्मूल पार्न शत्रु एजेन्ट ऐनलाई मूल स्वरूपमा लागू गर्ने निर्णय भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij