मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

मंगलवार, आषाढ २५ २०८१
मंगलवार, आषाढ २५ २०८१
  • मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
    बेलबारी(मोरङ) । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
     
    पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
     
    सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij