मकालु वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए

मकालु वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • मकालु वरुण राष्ट्रिय निकुञ्जका कर्मचारी मृत भेटिए
    किमाथाङ्का । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । 
     
    सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। उनलाई निकुञ्ज  कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । 
     
    कार्की शनिबार साँझ निकुञ्ज  कार्यालयबाट बाहिर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij