पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग  पुन : सञ्चालनमा

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग  पुन : सञ्चालनमा

शुक्रवार, आषाढ १४ २०८१
शुक्रवार, आषाढ १४ २०८१
  • पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग  पुन : सञ्चालनमा

    मान्म(कालीकोट) ।  पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो । 

    कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।  

    पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  अर्जुन केसीले बताए। “कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ  ।” कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij