काठमाडौं । कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको हाे । शाह एमालेबाट मन्त्री भएका व्यक्ति हुन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । कानुन सचिव ध्रुव घिमिरेले सरुवा भएदेखि कानुन मन्त्रालय सचिवविहीन अवस्थामा छ ।