ट्रक पार्किङ बनाउनका लागि कोशी प्रदेशले छुट्यायो २ करोड बजेट

ट्रक पार्किङ बनाउनका लागि कोशी प्रदेशले छुट्यायो २ करोड बजेट

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • ट्रक पार्किङ बनाउनका लागि कोशी प्रदेशले छुट्यायो २ करोड बजेट

    काठमाडौं । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङस्थल बनाउनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा ट्रक पार्किङस्थल संरचना निर्माण लभा साझेदारीका लागि दुई करोड रुपैयाँ छुट्याएको हो ।

    विराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । त्यही आग्रहबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन भएको हो ।

    लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिएबापत प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति विराटनगरले जनाएको छ । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई र ६० रुपैयाँ पार्किङस्थलको व्यवस्थापनमा बाँडिने जनाइएको छ । ट्रक पार्किङस्थल बूढीगङ्गा गाउँपालिकामा बन्ने भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij