निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्लीबजार सडक अवरुद्ध

    काँक्रेविहार । निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुङ्गामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । 

    सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार  आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरु बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।

    सडकमा खसेको ढुङ्गामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । सडकमा खसेको ढु्ङ्गामाटो हटाउने काम भइरहेको उनले जानकारी दिए  ।

     यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij