काठमाडौं । स्याङजामा बसको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ । ग १ ख ६२३७ नम्बरको बसको ठक्करबाट घाइते भएका ८१ वर्षीय दुर्गाबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
ग १ ख ६२३७ नम्बरको बसमा सवार ८१ वर्षीय दुर्गाबहादुर थापाको वालिङ् नगरपालिका ८ मिर्दिमा झरेर बाटो काट्ने क्रममा सोही बसको ठक्करबाट मृत्यु भएको हो । बिरुवा गाउँपालिकाका–६ चिन्नेवासका थापाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो ।
बस सिदार्थ राजमार्ग हुँदै बुटवलबाट —पोखरातर्फ जाँदै गरेको थियो। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।