काठमाडौं । शनिबार तराईमा बाक्लो हुहिरो र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।