पहिरोले डुम्रे–बेंसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

पहिरोले डुम्रे–बेंसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

आइतवार, आषाढ ९ २०८१
आइतवार, आषाढ ९ २०८१
  • पहिरोले डुम्रे–बेंसीसहर सडक फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

    लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेंसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका– १ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । 

    सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जाने–आउने र बेंसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । 

    बाटोमा सयौं यात्रु अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij