बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बिहिवार, आषाढ ६ २०८१
बिहिवार, आषाढ ६ २०८१
  • बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

    बागमती । बागमती प्रदेशसभा बैठकमा आजदेखि  आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । 
     
    आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । 

    यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij