पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन

    काठमाडौं ।  ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो । 

    पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ।

    सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

    चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij