उत्तरपश्चिम नाइजेरियामा चार प्रहरीसहित २६ जनाको गोली हानी हत्या

उत्तरपश्चिम नाइजेरियामा चार प्रहरीसहित २६ जनाको गोली हानी हत्या

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • उत्तरपश्चिम नाइजेरियामा चार प्रहरीसहित २६ जनाको गोली हानी हत्या

    काठमाडौं । उत्तरपश्चिम नाइजेरियाको एक गाउँमा बन्दुकधारीको आपराधिक समूहले आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेको छ । यस्तै कैयौँलाई अपहरण गरेको छ । 

    ‘लुटेराहरूले आइतबार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौँ बासिन्दालाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्’, काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई भने । अपहरणमा परेकाको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको उनले जानकारी दिए ।

    ‘सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइते छन्’, प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ । अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए ।

    राष्ट्रपति बोला अहमद टिनुबुले एक विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गर्ने उनले बताए ।

    भारी हतियारधारी गिरोहहरूद्वारा आतङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने गर्छन् ।

    जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेका घटना समाचारमा आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij