काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । स्थानीय अधिकारीका अनुसार, उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको हो । विमान १४ घण्टादेखि सम्पर्कबाहिर रहेको बताइएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।
विमानमा उपराष्ट्रपतिबाहेक नौजना सवार थिए । विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको बीबीसीले जनाएको छ । मजुजु मलावीको उत्तरी क्षेत्र हो ।