काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आईतवार साँझ भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै दक्षिण एसियाली मुलुुकका सरकार प्रमुख उपस्थित थिए ।
प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन् । भारतीय जनता पार्टीबाट यसअघिकै मन्त्रीहरु दोहोरिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, रोड तथा होइवे मन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकर फेरि मन्त्री बनेका छन् ।
उनीहरुको मन्त्रालय भने तोकिएको छैन । भाजपा अध्यक्ष जेपी नाड्डा पनि मन्त्री बनेका छन् । मोदी मन्त्रिपरिषद्मा ९ जना भने नयाँ अनुहार आएका छन् ।
क्याबिनेटमन्त्री को को ?
राजनाथ सिंह
एस जयशंकर
नितिन गडकरी
जेपी नाड्डा
अमित शाह
शिवराज सिंह चौहान
निर्मला सीतारमण
मनोहर लाल खट्टर
एसडी कुमारस्वामी
पियुष गोयल
धर्मेन्द्र प्रधान
जीतनराम माझी
राजीव रञ्जन सिंह उर्फ ललन सिंह
सर्बानन्द सोनोवाल
वीरेन्द्रकुमार
राममोहन नाडयू
प्रह्लाद जोशी
जुएल उरांव
गिरिराज सिंह
अश्विनी वैष्णव
ज्योतिरादित्व सिन्धिया
भूपेन्द्र यादव
गजेन्द्र सिंह शेखावत
अन्नपूर्णा देवी
किरेन रिजिजू
हरदीप सिंह पुरी
खनसुख मान्डविया
जी किशन रेड्डी
एसआर पाटिल
चिराग पासवान