भारत लोकसभा : १ लाख ५२ हजार मतान्तरसहित मोदी बाराणसीबाट तेस्रोपटक विजयी

भारत लोकसभा : १ लाख ५२ हजार मतान्तरसहित मोदी बाराणसीबाट तेस्रोपटक विजयी

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • भारत लोकसभा : १ लाख ५२ हजार मतान्तरसहित मोदी बाराणसीबाट तेस्रोपटक विजयी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् ।

    तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।

    मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।

    जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij