दिल्लीमा बाक्लो कुहिरो र शितलहरका कारण हवाई उडान  र रेल सेवा प्रभावित

दिल्लीमा बाक्लो कुहिरो र शितलहरका कारण हवाई उडान  र रेल सेवा प्रभावित

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • दिल्लीमा बाक्लो कुहिरो र शितलहरका कारण हवाई उडान  र रेल सेवा प्रभावित

    काठमाडौं । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने अधिकाँश उडान तथा रेलको आवागमन प्रभावित भएको छ । कुहिरोले ढाकेका कारण दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलबाट  हुँने उडानमा ढिलाइ भएको छ ।

    यसै गरी  दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला  शुरु गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम  ६.९ डिग्री सेल्सियस थियो ।

    उत्तर रेलवेका अनुसार हावडा–नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर–नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि  ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएको भारतीय अधिकारीले बताएका छन् । 

    भारतीय मौसम विज्ञान विभागले जनवरी २७ र २८  सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । बिभागका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ ।

    यसअघि सोमबार, जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा  कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता  रहेको  उल्लेख गरेको छ भने  पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ । यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५०  मिटरको दृश्यता रहेको जनाएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij