गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत २०८० मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

    संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाईसमेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले गत चैत २५ गते दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    एमालेका २२, माओवादीका सभामुखसहित ८ र दीपक मनाङेसहित ३१ जना पुर्याएपछि सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मुद्धा हालेका थिए ।

    सर्वोच्चले सभामुखबाहेक पनि गण्डकी प्रदेश सभा ५९ सदस्यीय हुने र ३० जना सदस्य भएकाले दाबी समर्थित देखिने भन्दै विश्वासको मत लिएर वैधानिकता पुष्टि गर्ने बाटो खालेको थियो । तर, सभामुख धितालले ६० सदस्यीय प्रदेश सभामा ३० जनालाई बहुमत प्राप्त भएको भन्दै विश्वासको मत दिलाएपछि सर्वोच्चले बदर गरिदिएर ठूलो दलको हैसियतमा पाण्डेलाई नियुक्त गर्न भनेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij