बागमती प्रदेशको नीति तथा कार्यक्रम : बन्द उद्योगहरू सञ्चालन गर्ने

बागमती प्रदेशको नीति तथा कार्यक्रम : बन्द उद्योगहरू सञ्चालन गर्ने

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम : बन्द उद्योगहरू सञ्चालन गर्ने

    काठमाडौं । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू सञ्चालन गर्न व्यवस्था गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने बताए ।

    उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij