मण्डनदेउपुरको रानीवनमा मन्दिर निर्माण गर्न सप्ताह लगाइदैं

मण्डनदेउपुरको रानीवनमा मन्दिर निर्माण गर्न सप्ताह लगाइदैं

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • मण्डनदेउपुरको रानीवनमा मन्दिर निर्माण गर्न सप्ताह लगाइदैं

    काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १ रानीवनमा मन्दिर निर्माणकोलागि स्थानीहरुले सप्ताह लगाउने भएका छन् । पञ्चकन्यादेवि मन्दिर निर्माण तथा व्यवस्थापन समितिले पितृमोक्ष र मन्दिर निर्माणार्थ श्रीमद भागवत सप्ताह विराट महायज्ञ लगाउने भएको हो । महायज्ञमा वाचक पं.शिभप्रसाद सापकोटा र पाठपारयण पण्डित विष्णु प्रसाद तिमल्सिनाको मुखारविन्दबाट कथा वाचन हुने छ । 

    उक्त धार्मीक कार्यक्रम यहिँ माघको १२ गतेदेखि सुरु हुने र १८ गते समापन हुने आयोजक समितिले जानकारी दिएको छ । १२ गते विहान ८ बजे कलश यात्रा सुरु हुनेभएकाले सबैलाई सो अवसरमा उपस्थित भई धार्मीक कार्यको शोभा बढाईदिन आयोजक समितीले हार्दिक अनुरोध समेत गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij