एसईई परीक्षा चैत १५ देखि शुरु हुने, चार लाख ९० हजार परिक्षार्थी

एसईई परीक्षा चैत १५ देखि शुरु हुने, चार लाख ९० हजार परिक्षार्थी

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • एसईई परीक्षा चैत १५ देखि शुरु हुने, चार लाख ९० हजार परिक्षार्थी

    भक्तपुर ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत १५ गते शुरु हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आजको बोर्ड बैठकले एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। 

    बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली फागु पर्व परेकाले सो चाड सकिएपछि परिक्षा गर्नेगरी निर्णय गरिएको  हो। यस वर्ष चैत ११ र १२ गते होली परेको छ।

    बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij