चीनको छात्रावासमा आगलागी १३ बालबालिकाको मृत्यु

चीनको छात्रावासमा आगलागी १३ बालबालिकाको मृत्यु

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • चीनको छात्रावासमा आगलागी १३ बालबालिकाको मृत्यु

    हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको ज्यान गएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । 

    एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई बताए अनुसार, मृत्यु हुने सबै तीन कक्षाका विद्यार्थी थिए। आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको थियो । आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक जानकारी गराइएको छैन। 

    सरकारी सञ्चारमाध्यममा सार्वजनिक गरिएका तस्विरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो । त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिका अध्ययन गर्दै आएका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij