ट्याक्टर दुर्घटनामा परेर एक विद्यार्थीको मृत्यु, ८ बालबालिका घाइते

ट्याक्टर दुर्घटनामा परेर एक विद्यार्थीको मृत्यु, ८ बालबालिका घाइते

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • ट्याक्टर दुर्घटनामा परेर एक विद्यार्थीको मृत्यु, ८ बालबालिका घाइते

    ताप्लेजुङ । ताप्लेजुङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक विद्यार्थीको मृत्यु भएको छ । अन्य ८ जना बालबालिका घाइते भएकधा छन् । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधवार ट्याक्टर दुर्घटना हुँदा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ९ वर्षीय मानस तामाङको मृत्यु भएको हो।

    दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij