सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

    काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुष गरी ४ सय १४ ले अनुमति लिएका हुन् ।

    अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि १ सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् ।

    हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ रकम उठेको छ ।

    वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५)मि.० सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो । यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij