आज ललितपुरका यी स्थानमा छ घण्टा विद्युत् अवरुद्ध हुने

आज ललितपुरका यी स्थानमा छ घण्टा विद्युत् अवरुद्ध हुने

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • आज ललितपुरका यी स्थानमा छ घण्टा विद्युत् अवरुद्ध हुने

    काठमाडौं । शुक्रबार ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

    प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुनेछ । विद्युत् सेवा गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij