बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

    काठमाडौं । बागमती प्रदेश सरकारले भोली वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको जारी सूचनामा उल्लेख छ ।

    बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij