हलेसी–बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने

हलेसी–बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • हलेसी–बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने

    खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन् । त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास समारोहलाई सम्बोधनगर्दै कार्कीले सो कुरा बताएका हु्न् ।

    कोशी प्रदेशका प्रमुख तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोडेर यस क्षेत्रमा पर्यटकीय गतीविधि बढाउँन सकिने बताए । केबुलकार र जल यातायातका अलवा सुलभ सडक मार्गबाट यी तीन धार्मिक पर्यटकीय क्षेत्रलाई विकास गर्न सकिने मुख्यमन्त्री कार्कीको भनाई थियो । 

    कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी हलेसीमा हवन कुण्ड निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा खोटाङ प्रदेशसभा  १ का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि  सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले हलेसीमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउदै पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न  वडा र पालिका अग्रसर हुनुपर्नेमा जोड दिइन । 

    हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति  मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त लगानीमा अतिथिगृह निर्माण भइरहेको छ ।  सो अतिथिगृह निर्माणका लागि निगमले दुई करोड रुपैया सहयोग गरेको छ । सोहि परियोजनाका लागि नगरपालिकाले आव २०७९/८० मा दुई करोड ९६ लाख बजेट विनियोजन गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij