थाइल्याण्डको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

थाइल्याण्डको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • थाइल्याण्डको पटाका कारखानामा विस्फोट, २३ जनाको मृत्यु

    काठमाडौं । मध्य थाइल्याण्डको एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ। मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक  स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे विस्फोट भएको हो।

    एएफपीले घट्नामा २३ जनाको मृत्युको पुष्टि गरेको छ । विस्फोटको कारण बारे अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन्। उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिएका छन्।

    थाइल्याण्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट असामान्य होइन। गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो। गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij