मे १ देखि चीनले नेपालीलाई भिसा शुल्क नलिने

मे १ देखि चीनले नेपालीलाई भिसा शुल्क नलिने

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • मे १ देखि चीनले नेपालीलाई भिसा शुल्क नलिने

    काठमाडौं । चीनले नेपालीसँग मे १ अर्थात् यही वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ । काठमाडौंमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

    भिसा शुल्क नलिए पनि ुएक्सप्रेस फीु र ुसर्भिस फीु भने लिने दूतावासको सूचनामा उल्लेख छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij