दुई सैन्य हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

दुई सैन्य हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • दुई सैन्य हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

    काठमाडौं । मलेसियामा दुई सैनिक हेलिकोप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ९०औँ सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँदा १० जनाको मृत्यु भएको हो ।   

    रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकोप्टर अर्को हेलिकोप्टरको पङ्खामा ठोक्किएपछि जमिनमा खसेका थिए । एउटा हेलिकोप्टरमा सातजना र अर्कोमा तीनजना सवार थिए ।   

    सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकोप्टरको कारण पत्ता लगाउन छानबिन बोर्ड गठन गर्ने जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij