खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु

खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु

    चितवन । चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर बिष्फोट हुंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर  सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij