सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार, पाँच जनाको मृत्युु, आठ घाईते

सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार, पाँच जनाको मृत्युु, आठ घाईते

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • सिड्नीको सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार, पाँच जनाको मृत्युु, आठ घाईते

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको ज्यान गएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजे सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको ज्यान गएको हो ।

    मृतकको पहिचान खुलेको छैन । समाचार संस्था रोयटर्सका अनुसार सो घट्नामा परेर  ९ महिनाका एक बालकसहित ८ जना घाइते भएका छन् । घाईतेहरुको  सिड्नीका विभिन्न अस्पतालमा उपचारका भइरहेको बताइएको छ । 

    छुरा प्रहारको घटनापछि प्रहरीको गोली प्रहारबाट अभियुक्तको ेज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बिबिसीका अनुसार छुरा प्रहार गर्ने व्यक्ति अपराह्न ३ः १० बजे सपिङ मलमा प्रवेश गरेको र १० मिनेटमै मलबाट बाहिरिएको जनाएको छ ।

    संदिग्ध व्यक्ति बाहिरिएपछि मलबाट सयौं मानिसहरू आत्तिँदै बाहिर निस्किएका थिए। घटनाबारे अनुसन्धान भइरहेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij