बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था कस्ताे छ ?

बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था कस्ताे छ ?

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था कस्ताे छ ?

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

    काठमाडौं उपत्यका जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द छन् । सडकमा बाढी तथा पहिरोले क्षति पुर्‍याएपछि यातायात सञ्चालन हुन सकेको छैन ।

    गण्डकी प्रदेशमा पनि विभिन्न सडकखण्ड बाढी र पहिरोका कारण प्रभावित भएका छन् । मनाङको बेंसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ ।

    नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

    यस्तै, कर्णाली प्रदेशको हुम्लामा पहिरोका कारण कर्णाली करिडोर र सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।

    सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी काम गरिरहेका छन् ।

    831505458_1809155590507521_6954086264376433624_n

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij