काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
