भक्तपुर-१ बाट प्रदेश सांसद सुरेश श्रेष्ठ र मेयर जीवन खत्रीसहित को-को निर्वाचित भए केन्द्रीय महाधिवेशन प्रतिनिधि ?

भक्तपुर-१ बाट प्रदेश सांसद सुरेश श्रेष्ठ र मेयर जीवन खत्रीसहित को-को निर्वाचित भए केन्द्रीय महाधिवेशन प्रतिनिधि ?

बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • भक्तपुर-१ बाट प्रदेश सांसद सुरेश श्रेष्ठ र मेयर जीवन खत्रीसहित को-को  निर्वाचित भए केन्द्रीय महाधिवेशन प्रतिनिधि  ?

    भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेश सांसद तथा पूर्वमन्त्री सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीसहित २७ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

    क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा विभिन्न क्लस्टरबाट प्रतिनिधि चयन भएका हुन्। खुला क्लस्टरतर्फ सबैभन्दा बढी मत कृष्णलाल भडेलले प्राप्त गरेका छन्। उनले ३३० मत पाए।

    खुलातर्फ यादवप्रसाद अधिकारी ३२१, सुरेश श्रेष्ठ ३१२, जीवन खत्री ३०५, समुन्द्र थापा २८०, सोमप्रसाद प्रधान २७२, मनोजकुमार थापा २६०, अच्युत अधिकारी २४९, राजेश खड्का २४२ र पुष्कर खत्री २३९ मतसहित निर्वाचित भएका छन्।

    महिला क्लस्टर

    महिला क्लस्टरतर्फ सुभद्रा काफ्ले ३०७ मतसहित निर्वाचित भइन्। सङ्गिता फुयाल आचार्यले २८४, सचिला खड्काले २७९ र मिरा वाग्लेले २७७ मत पाए।

    अन्य क्लस्टरबाट को–को ?

    श्रमिकतर्फ राजन रोक्का २१७ मतसहित निर्वाचित भए।

    पेशागत तथा विषय विज्ञतर्फ किरण न्यौपानेले २९० मत प्राप्त गरे।

    युवा महिलातर्फ अणु कुमारी आचार्य २८२ मतसहित निर्वाचित भइन्।

    युवा खुलातर्फ सिजन कार्कीले ३१६ र विवेक लामिछानेले २७२ मत पाए।

    अपाङ्गतातर्फ राम कार्की २७८ मतसहित निर्वाचित भए।

    अल्पसंख्यकतर्फ कविन्द्र कायस्थले २६६ मत पाए।

    दलिततर्फ राजेन्द्र सुर्खेती २८६ मतसहित निर्वाचित भए।

    त्यस्तै प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभावित क्लस्टरतर्फ रमेश लामा २९६ मतसहित निर्वाचित भएका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij