जगातीमा होन्डाको धमाकेदार इन्ट्री, सबै सुविधा एउटै छानामुनि

जगातीमा होन्डाको धमाकेदार इन्ट्री, सबै सुविधा एउटै छानामुनि

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • जगातीमा होन्डाको धमाकेदार इन्ट्री, सबै सुविधा एउटै छानामुनि

    भक्तपुर, १४ असोज । सूर्यविनायक नगरपालिका–८ स्थित जगाती चोकमा होन्डा मोटरसाइकलको अत्याधुनिक आधिकारिक शोरुम सञ्चालनमा आएको छ ।

    करोडौँ रुपैयाँ लगानीमा स्थापना गरिएको शोरुममा होन्डाका बाइक तथा स्कुटर बिक्रीसँगै मर्मत–सम्भार, सर्भिसिङ र आवश्यक पार्टपुर्जाको सुविधा उपलब्ध हुने सञ्चालक नवीन प्रजापतिले जानकारी दिए ।

    दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको शोरुमले ग्राहकलाई सहज र गुणस्तरीय सेवा दिने प्रजापतिले बताए । उनका अनुसार शोरुमको उद्देश्य व्यापारसँगै ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै अन्य बिक्री केन्द्रभन्दा फरक र सहज सेवा उपलब्ध गराउनु हो ।

     

    825258981_3586842818149957_5923136278891037919_n.jpg

    नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै भक्तपुर र आसपासका ग्राहकलाई सवारी साधन तथा पार्टपुर्जा खरिदका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने बताए । उनका अनुसार होन्डाका नयाँ मोडल र ‘जेनुइन पाट्र्स’ जगातीबाटै उपलब्ध हुनेछन् । अरनिको राजमार्गसँगै रहेको शोरुमबाट भक्तपुरसँगै काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका ग्राहकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा भविष्यमा होन्डाले ‘ईभी’ मोडल भित्राएर यही शोरुमबाट बिक्री वितरण गर्ने सञ्चालकले बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij