काठमाडौँ, १४ असोजः बैंकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ बिगो रहेका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-११ का ४० वर्षीय सन्तोष पाण्डे छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पाण्डेविरुद्ध बैंकिङ कसुर मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको छ।