आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? यस्तो छ विनिमयदर

आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? यस्तो छ विनिमयदर

बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? यस्तो छ विनिमयदर

    काठमाडौँ, १४ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

    युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा तथा बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा रहेको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानाडियन डलरको १०७ रुपैयाँ ९४ पैसा र १०८ रुपैयाँ ३७ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ८२ पैसा र १२० रुपैयाँ २९ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८६ पैसा र २२ रुपैयाँ ९५ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ ८२ पैसा र ४० रुपैयाँ ९८ पैसा तथा कतारी रियाल एकको ४२ रुपैयाँ ५ पैसा र ४२ रुपैयाँ २२ पैसा रहेको छ।

    त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७१ पैसा तथा दक्षिण कोरियन वन १०० को ११ रुपैयाँ २९ पैसा र ११ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij